Uncategorized

लोकसेवाको विज्ञापन मंसिरपछि खुल्ने

१४ कात्तिक, काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले सरकारलाई सहज होस् भनेर लोकसेवा आयोगले विज्ञापन खुलाउन दुई महिना ढिला गरेको बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षातकारमा उनले इतिहासमै पहिलोपटक सरकारलाई सहज होस् भन्ने आशयका साथ विज्ञापनलाई दुई महिना पर (मंसिर) सम्म सारिएको स्पष्ट पारे । उनले भने,’अब अर्को पटक सार्दैनौं ।’

मैनालीले अबका दिनहरुमा विज्ञापन तालिका फेरबदल नगर्ने दाबी पनि गरेका छन् । उनले भने, ‘लाखौं युवाहरुलाई निरुत्साहित हुन दिन्नौं, अब आगामी दिनमा आयोगले विज्ञापन तालिका फेरबदल गर्दैन । मंसिरपछि भर्ना विज्ञापन खोल्छौं ।’

मैनालीले आयोगले लोकसेवा आयोगको विज्ञापनलाई कुनै पनि हालतमा रोक्न भने नमिल्ने बताए । ‘लोकसेवाको तयारीमा बसेका १० लाख बढि यूवाहरुको भविष्यलाई ध्यानमा राखेर काम गर्नुपर्छ, उमेरको कुरा हुन्छ, समयको कुरा हुन्छ, पारिवारिक अवस्थाको कुरा हुन्छ, यस्ता संवेदनशीलतामा सरकार गम्भिर बन्नुपर्छ’ उनले भने ‘त्यसको लागि आयोगले भन्न मिल्ने र स्वयं म आफै पनि जान मिल्ने ठाउँमा गएर सुझाव दिईरहेको छु, तर एक महिना बाँकी छ, सरकारले यो काम गर्नेमा हामीलाई शंका छ । यसतर्फ सरकारको गम्भीर ध्यान जान जरुरी छ ।’

मैनालीले सरकार युवाहरुको भविष्यप्रति गम्भिर बन्नुपर्ने धारणासमेत राखे । ‘हामीकहाँ स्वास्थ्य, संसद, महालेखा, परराष्ट्रलगायतले रिक्त दरबन्दी पठाइसकेको छ’ उनले भने, ‘केहीले नपठाएका कारण भोलिका दिनमा समान पदमा सिनियर र जुनियरको झमेला हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर आयोगले आफ्नो इतिहास भत्काएको हो ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *