Uncategorized

केबलकार चढेर चन्द्रागिरी पुगे भाकपा मार्क्सवादीका नेता यचुरी

९ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम यचुरी शुक्रबार चन्द्रागिरी पुगेका छन् । यचुरी केबलकार चढेर चन्द्रागिरी पुगेका हुन् ।  अनौपचारिक भ्रमणमा गएका यचुरीलाई चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल एवं महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।

भ्रमणका क्रममा यचुरीले चन्द्रागिरीको स्वच्छ वातावरणबाट आफू अत्यन्त प्रभावित भएको बताउँदै त्यहाँबाट सुन्दर हिमालहरु देख्न पाउँदा आफू निकै हर्षित भएको प्रतिक्रिया दिए ।  उनले प्यागोडा शैलिमा पुनर्निर्माण गरिएको भालेश्वर महादेवको मन्दिरको समेत अवलोकन गरेका थिए ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरी डाँडामा भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरी डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको कम्पनी बताउँछ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *