Uncategorized

काठमाडौं रोयल्सको सुखद सुरुवात

१० कात्तिक, काठमाडौं । पोखरा पि्रमियर लिग क्रिकेटमा काठमाडौं रोयल्सको सुखद सुरुवात गरेको छ ।

शनिबार भएको आफ्नो पहिलो खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले दिपेन्द्र सिंह ऐरीको नेतृत्वमा रहेको धनगढी ब्लूजलाई १७ रनले हराएको हो ।

काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा ८ विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो । उसका कप्तान ऐरीले ५४ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको काठमाडौं रोयल्सले गौरभ टोमारको शानदार ब्याटिङको मदतमा २० ओभरमा ३ विकेट गुमाएर १८० रन बनाएको थियो । ४४ बलको सामना गरेका टोमारले १० छक्का र चार चौकाको मदतमा ९५ रन बनाए ।

नरेश बुढायरले ३६ रनमा नटआउट रहे ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *