१० कात्तिक, काभ्रे । मण्डनदेउपुरमा भएको सवारी दुर्घटनामा पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
बा ३ च २८७ नम्बरको जीप मण्डनदेउपुर नगरपालिका ६ ढकालथोकमा दुर्घटना भएको हो । दुर्घटनामा परी रेडियो गौरवका जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक विनोद कार्कीको मृत्यु भएको छ ।
दुर्घटनामा पूर्व एआईजी किरण गौतम पनि गम्भीर घाइते भएका छन् । दुबै घाइतेको धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।



