Uncategorized

गोरखामा दुई व्यक्ति मृत भेटिए

५ कात्तिक, गोरखा । सोमबार जिल्लाको छुट्टाछुट्टै ठाउँमा दुई व्यक्ति मृत फेला परेका छन् । पालुङटार नगरपालिका-२ दारिमेचौरका ५५ बर्षका कर्णबहादुर सार्की र सिरानचोक गाउँपालिका-७ डाडागाउँकी ४८ बर्षकी सुकमाया नेपाली मृत फेला परेको प्रहरीले जनाएको छ ।

कर्णबहादुरको शव घरदेखि करिब पाँच सय मिटर पर नालीमा फेला परेको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए । बिहान दश बजे उनी घर बाट निस्किएका थिए । दिउँसो दुई बजे उनको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अत्याधिक मादक पदार्थ सेवन गरेर सार्कीको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

सुकमायाको शव कुलगाउँमाथिको कच्ची सडकमा फेला परेको डिएसपी नेपालले बताए । सोमबार बिहान आठ बजेर ४० मिनेटको समयमा सडकमा लडिरहेको अवस्थामा सुकमायालाई देखेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए । दुवैको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गोरखा ल्याइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको डिएसपी नेपालले बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *