Uncategorized

साखुँ-दक्षिणकाली रुटमा गोकर्णेश्वरका ४० वटा बस सञ्चालनमा

१६ असोज, काठमाडौं। बाबा गोकर्णेश्वर यातायातले मंगलबारदेखि साखुँ-दक्षिणकाली रुटमा ४० वटा बस मार्फत सेवा विस्तार गरेको छ।

नयाँ ३० र पुराना १० वटा गरि ४० वटा बस दक्षिणकालीसम्म विस्तार गरेको हो।कम्पनीका ४० वटै बस साँखुबाट थली-नारायणटार जोरपाटी हुदै चावहिलसम्म आउनेछन।चावहिलबाट तीनवटा रुट हुदै दक्षिणकाली पुग्नेछन्।

पहिलो चावहिलबाट चक्रपथ-बसुन्धरा-नयाँ बसपार्क -स्वयम्भु-कलकीं-बल्खुहुदै दक्षिणकाली जानेछ।दोस्रो चावहिलबाट गौशला-कोटेश्वर चक्रपथको घुम्दै बल्खु पुगेर दक्षिणकाली जानेछ।तेस्रो गौशलाबाट रातोपुल रत्नपार्क कालीमाटी बल्खु हुदै दक्षिणकाली जानेछ।भने बसहरु सोही रुट फिर्ता हुनेछन्।मंगलबार नयाँ बस थपिएसंगै कम्पनीका ८१ वटा बस पुगेका छन्।

कम्पनीका अध्यक्ष भीम बस्नेतले केहि समयभित्रै थप दुर्इवटा रुटमा सेवा विस्तार गर्न लागिएको जानकारी दिए। उनका अनुसार २० वटा नयाँ बस ल्याएर दुर्इवटा रुटमा तत्कालका लागि १०/१० वटा बसबाट सेवा सुरु गर्न लागिएको छ।

अर्यालगाउ-गौरीघाट-गौशला हुदै चक्रपथ परिक्रमा गर्ने तथा गौशलाबाट रत्नपार्क जानेछ।अर्को रुट जगडोल-पैंयुटार फैका(कपन)-चावहिल हुदै चक्रपथ परिक्रमा गर्नेछ। र सोही रुट फिर्ता हुनेछन् ।

गोकर्णेश्वर यातायातले करिव डेढ बर्ष अघिबाट २५ वटा बस मार्फत सेवा थालेको थियो।कम्पनीका अनुसार अरु धेरै रुटहरुमा गोकर्णेश्वर यातायातका गाडीहरु ल्याउन माग यात्रुहरुको भएकाले विस्तारै सेवा विस्तार गर्दै लैजाने योजना समेत बनाएको छ।

कम्पनीका अध्यक्ष बस्नेतले कम्पनीका सबै गाडीहरुले समयमा यात्रुलार्इ गन्तव्यमा पुर्याउने लक्ष्य लिएको दाबी गरेका छन्। ‘अहिले राजधानीमा चल्ने अधिकांश बसहरु रोकेर यात्रु कुरेर बस्ने गरेका छन् हामी ननस्टप बस चलाएर समयमै गन्तव्यमा पुर्याउछौं’ उनले भने। त्यसैगरि अहिले चालक,सहचालक सहित  २ सय जना कर्मचारीलार्इ कम्पनीले रोजगारी समेत दिएको छ।

गोकर्णेश्वर यातायातले ठुला बस संचालन गरेर १० बर्षदेखि निलो माइक्रोको एकाधिकार तोडेको थियो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *