Uncategorized

इण्डोनेसियामा भूकम्प र सुनामी : मृतकको संख्या १२०० नाघ्यो

१६ असोज, काठमाडौं । इण्डोनेसियामा विनाशकारी भूकम्प र सुनामीका कारण मृत्यु हुनेको संख्या १२०० नाघेको छ ।

यसअघि यो संख्या ८४४ थियो । अहिले मृतकको संख्या बढेर १२ सय नाघेको राहत तथा उद्दारमा जुटेका अधिकारीहरुले जनाएका छन् ।

इन्डोनेसिया रेडक्रसका अधिकारीहरुका अनुसार एउटा चर्चमा ३४ विद्यार्थीको शव भेटिएको छ । उनीहरुको एक साथ दाहसंस्कार गरिएको छ । ५४ जना अझै वेपत्ता छन् ।

पालु शहरको रोअ होटलमा अझै केही मानिस फसेका छन् । यो संख्या ५० हाराहारी भएको अनुमान छ ।

इन्डोनेसियामा शुक्रबार ७.५ रेक्टर स्केलको भूकम्प आएको थियो । त्यसपछि तटिय क्षेत्रमा शक्तिशाली सुनामी आयो ।

प्रभावित क्षेत्रमा ६० हजार मानिस घरबारविहीन भएका छन्, जसलाई मदतको जरुरी छ । हिलोको दलदल रहेको क्षेत्रको स्थिति भयावह रहेको अधिकारीहरुले बताएका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *