Uncategorized

सन्दिप बने एनसेल ‘स्टार हम्बल हिरो’

काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने एनसेलको ‘स्टार हम्बल हिरो’ मा दुई बर्षका लागि आबद्ध भएका छन् ।

आफ्नो समुदाय र देशलाई गौरम्वित बनाउने कार्य गरिरहेका प्रतिभाशाली व्यक्तित्वको सम्मान गर्दै रचनात्मक योगदान पुर्‍याउने उद्देश्यले एनसेलले ‘स्टार हम्बल हिरो’ कार्यक्रम तयार पारेको हो । यही कार्यक्रममा अन्तर्गत एनसेलसँग युवा क्रिकेटर सन्दीप जोडिएका हुन् ।

एनसेलले आफ्नो स्टार हम्बल हिरो अभियानको बिहीबार एक कार्यक्रम गरी घोषणा गरेको थियो । कार्यक्रममा आबद्ध सन्दीप पहिलो ब्यक्तित्व हुन् । कार्यक्रमअन्तर्गत शुक्रबार सिफलस्थित बालमन्दिरको बाल संरक्षण गृहमा त्यहाँका बालबालिकासँग सन्दीपले लामो समय बालबालिकासँग विताएका थिए ।

स्टार खेलाडी सन्दीपसँग कुराकानी गर्न पाएकोमा बालमन्दिरका बालबालिका निकै उत्साहित देखिएका थिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *