Uncategorized

श्रममन्त्री र स्वीट्जरल्याण्डकी राजदूतबीच भेटवार्ता

११ असोज, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापेलरलेे शिष्टाचार भेट गरिन् । भेटका अवसरमा नेपाल र स्विजरल्याण्डबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका विविध आयामहरुका बिषयमा छलफल भएक्ो मन्त्रालयले जनाएको छ ।

भेटघाटमा राजदूतले सुरक्षित आप्रवासन र वैदेशिक रोजगारका विषयमा दुवै मुलुकबीच साझा बुझाइ र धारणा रहेको कुरा व्यक्त गरिन् ।

स्वीस सरकारको सहयोगमा सञ्चालित सामी परियोजना मार्फत नेपाल र स्वीस सरकारबीचको सहकार्यलाई थप मजबुद पार्न सहयोग पुगेको विश्वास व्यक्त गरिन् ।

भेटमा मन्त्री बिष्टले नेपालमा पर्याप्त रोजगारीको अवसर नभएकोले नेपाली युवाको लागि वैदेशिक रोजगार बाध्यताको रुपमा रहेकोले वैदेशिक रोजगारीमा जाने जनशक्तिलाई तालिम र क्षमता विकासका कार्यक्रम सञ्चालन गरी दक्ष र सिपयुक्त वनाइ पठाउनु आवश्यकता रहेको वताए ।

गन्तव्य मुलुकसँग भएको शर्त तथा सुविधाको हुवहु पालना नभएको कारण वैदैशिक रौजगारमा संलगन युवाहरु खासगरी महिलाहरु विभिन्न शोषण र जोखिममा रहेकोे वताए ।

स्वस्थ युवाहरुको उर्जाशिल समय वैदेशिक रोजगारीमा जाने र रोगी, अशक्त तथा जीवनको उत्तरार्धमा स्वदेश फिर्ता हुदा राज्यको सामाजिक लागत वढदै गएकोले यसतर्फ समयमै ध्यान दिन जरुरी रहेको बताउँदै माननीय मन्त्री बिष्टले स्वदेशमा रोजगारीका अवसरहरुको सिर्जना गर्नु अहिलेको आवश्यकता र प्राथमिकताको विषय वनेको उल्लेख गरे ।

स्थानीय तहहरुमा रोजगार सूचना केेन्द्र स्थापना गर्ने योजना रहेको उल्लेख गर्दै माननीय मन्त्री बिष्टले यसबाट आन्तरिक र वैदेशिक रोजगारीको सूचना व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सामी परियोजना मार्फत स्वीस सरकारले गरेको सहयोगको प्रशंसा गर्दै बिष्टले परियोजना अन्तर्गतको आप्रवासन सूचना केन्द्र र रोजगार सूचना केन्द्रबीच समन्वय गरेर अगाडी बढ्नु पर्ने आवश्यकता रहेको औंल्याए ।

सामाजिक सुरक्षाको बारेमा स्वीजरल्याण्डको अनुभवबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै स्वीस सरकारसँग यस बिषयमा सहकार्य गर्न सकिने बताए ।

राजदूतले सरकारले अगाडी सारेका कार्ययोजनाको प्रशंशा गर्दै स्वीस सरकार यसमा हातेमालो गरेर अगाडी वढ्न तत्पर रहेको साथै संख्यात्मक सुधारका अतिरिक्त गुणात्मक नतिजा हासिल गर्ने तर्फ स्वीस सरकार केन्द्रीत रहेको कुरा व्यक्त गरिन् ।

सुरक्षित आप्रवासनका अतिरिक्त अन्य क्षेत्रहरुमा पनि मिलेर काम गर्न सकिने र यसका लागि आपसि छलफल, संवाद र संचारलाई निरन्तरता दिदै जानु पर्ने कुरा समेत व्यक्त गरिन् । उक्त भेटघाटमा मन्त्रालयका सचिव महेशप्रसाद दहालको समेत उपस्थिति रहेको थियो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *