Uncategorized

मध्य र पूर्वीपहाडी क्षेत्रमा पानी पर्ने सम्भावना, चिसो अझै बढ्ने

६ मंसिर, काठमाडौं । मध्य र पूर्वी पहाडी क्षेत्रमा पानी पर्नसक्ने मौसमविदले अनुमान गरेका छन् । साथै चिसो पनि क्रमशः बढ्दै जाने मौसमविदको भनाइ छ ।

काठमाडौं उपत्यकामा हिजो अस्तीको तुलनामा आज चिसो केही घटेको छ । हिजो न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो । तर, आज बिहान साढे ६ बजे मापन गर्दा न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस छ ।

यो वर्षकै सबैभन्दा जाडो भने गत सोमबार थियो । त्यसदिन न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको थियो ।

मौसमविद मिनकुमार अर्यालले अनलाइनखबरसँग भने, ‘अघिल्ला दिनको तुलनामा न्यूनतम तापक्रम बढेको देखिन्छ । यसको मतलव गएराति तिर आकाशमा हल्का बादल थियो ।’ अहिले साँझ पाँच बजेभन्दा अगाडिको समयमा हल्का बादल लाग्ने हुँदा बढी चिसो महसुस हुने गरेको छ ।

आज भने मध्य र पूर्वीपहाडी जिल्लाहरुमा हल्कादेखि मध्यमखालको पानी पर्ने मौसमविद अर्यालले बताए । ‘ठूलो मौसमी प्रणाली त केही पनि छैन तर स्थानीय वायुको प्रभावले आंशिकदेखि सामान्य पानी पर्ने सम्भावना मध्य र पूर्वीपहाडी बेल्टमा देखिन्छ ।’

बाँकी स्थानहरुमा भने मौसम सामान्यता सफा हुने छ । शुक्रबार र शनिबार देशभर नै मौसम सफा हुने मौसमविदको पूर्वानुमान छ ।

तर, धुलोको कण वायुमण्डलमा फैलिएकाले आकाश धुम्म छ र तुवालो लागेको छ । पहाडी क्षेत्रमा लामो समय पानी नपरेको र अझै केही दिन पानी नपर्ने भएकाले यस्तो अवस्था कायम रहने छ ।

मौसमविदका अनुसार अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने छ । र, चिसो पनि क्रमशः बढ्दै जाने छ । वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडो याम शुरु हुन्छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *