Uncategorized

तेह्रथुमको सरस्वती माविलाई नेपाल बङ्गलादेश बैंककाे सहयोग

५ मंसिर, काठमाडौं । नेपाल बङ्गलादेश बैंकले तेह्रथुमको आठराई गाउँपालिका हृवाकुमा रहेको सरस्वती माध्यामिक विद्यालयलाई विज्ञान प्रयोगशालाका सामग्री सहयोग गरेको छ ।

बैंकले आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत विद्यालयलाई चार लाख रुपैयाँ बराबरको विज्ञान प्रयोगशालाका सामग्री प्रदान गरेको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गवर्नर चिन्तामणी शिवाकोटी र बैँकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले एक कार्यक्रमका बीच उक्त सामग्री विद्यालयलाई हस्तान्तरण गरे ।

बैंकले ‘हामी सबैको बैंक’ भन्ने संस्थागत नारा अनुसार उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तरमा उकास्ने लक्ष्य लिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको बैंकले जनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *