दशैंको छेक पारेर म्युजिक भिडियो आएको छ, सलल बगेको पानी । यो रोमान्टिक शैलीको गीतलाई गायक डेबिट शंकरले स्वरवद्ध गरेका हुन् । उनलाई स्वरमा साथ दिएकी छिन्, सहिमा श्रेष्ठले । डेबिटले यसअघि ‘पहिलो नम्बरमा’ गाएका छन्, जो फिल्म छक्का पञ्जा-३ मा समावेश छ ।
डेबिटको गीत सुमन बैरागीले लेखेका हुन् । एरेन्जर, उदयराज पौडेल ।
‘सलल बगेको पानी’ गीतलाई राजु अधिकारीले दृश्यांकन गरेका छन् । राजुको निर्देशनमा जस्मिन श्रेष्ठ र विनोद न्यौपानेले अभिनय गरेका छन् । यसमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । भिडियोलाई सुदीप बरालले खिचेका हुन् ।
[youtube https://www.youtube.com/watch?v=MCRIG78HUqI]



