Uncategorized

सेयर बजार पुनः ओरालो दिशामा

६ मंसिर, काठमाडौं । सेयर बजार पुनः ओरालो लागेको छ । साताको पहिलो दिनदेखि नै निरन्तर ओरालो लागिरहेको सेयरमा बुधबार केहि सुधार हुने संकेत देखिएको थियो ।

बुधबार नेप्से परिसूचक करिब १ अंकले बढे पनि साताको अन्तिमदिन भने सेयर बजारमा १ अंकभन्दा बढीको गिरावट आएको छ ।

दिनभरमा भएका ४ हजार ३ वटा कारोबारबाट १ सय ४३ कम्पनीका ७ लाख ७४ हजार ६ सय ८६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार २५ करोड २५ लाख १८ हजार ३ सय ५४ रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

बिहीबार कारोबार रकमका आधारमा एनएमबि बैंक अग्रस्थानमा देखिएको छ । दिनभरमा एनएमबी बैंकको ७ करोड ८५ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *