Uncategorized

८ वटा ठूला औद्योगिक क्षेत्र स्थापनाको काम अन्तिम चरणमा

७ मंसिर, विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले संघीय सरकारले मुलकका विभिन्न ८ स्थानमा ठूला आद्यौगिक क्षेत्र स्थापना गर्ने लागेको बताएका छन् । उनले औद्योगिक क्षेत्र स्थापनाको काम अन्तिम चरणमा पुगेको पनि जानकारी दिए ।

उद्योग संगठन मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको औद्योगिक तथा व्यसायिक प्रवर्द्धनमा स्थानीय सरकारको भूमिका र स्थानीय आर्थिक ऐनले पारेको प्रभाव विषयक अन्तरक्रिया बोल्दै मन्त्री पण्डितले उद्योग स्थापनाकासँगै उद्योगीका समस्या समाधान गर्न सरकार केन्द्रित रहेको बताए ।

उनले भने, ‘अहिलेको सरकारको मुख्य लक्ष्य आर्थिक समृद्धि गर्ने हो,सोही अनुसार योजना बनाएर सरकार अगाडि बढेका छ, जसका निम्ती पहिलो चरणमा मुलुकका विभिन्न स्थानमा आद्यौगिक क्षेत्र स्थापना गर्ने सरकारको योजना छ’ ।

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङवोले संघीयता कार्यान्वयनमा रहेको अबस्थामा कर सम्बन्धी समस्या आगामी दिनमा समाधान हुने दाबी गरे । उनले प्रदेशमा दरवन्दी अनुसारको कर्मचारी संमायोजन नहुदा सरकारको काममा समस्या भएको बताए ।

राजश्व बाँडफाँट र प्राकृतिकश्रोतको बाँडफाँट समाधानका लागि संघीय सरकारले वित्तीय आयोग तत्काल गठन गर्नु पर्नेमा मन्त्री आङम्बोले जोड दिए ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलेे विकास निमार्णका लागि करको दायरा बढाएको जानकारी दिए ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले दोहोरो कर प्रणलीले गर्दा उद्योगी व्यवसायी मारमा परेको बताए ।

मोरङ र सुनसरीका स्थानीयतहका प्रमुख,उप्रमुख तथा प्रशासकीय अधिकृतहरुको कार्यक्रममा सहभागिता थियो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *