Uncategorized

ईपीएल: पोखरा पल्टनले ल्यायो इंग्ल्याण्डका अलराउण्डर

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटका लागि पोखरा राइनोजले इंग्ल्याण्डका अलराउण्डर पोउल कोगलिनलाई भित्र्याएको छ ।

दायाँ हाते ब्याट्सम्यान र मध्यम गतीका बलर २६ वर्षका कोगलिनसँग फस्ट क्लास र लिस्ट ए क्रिकेटको अनुभव छ ।

उनले दुर्हामका लागि २०१२ मा फस्ट क्लास डेब्यू गरेका थिए । इंग्ल्याण्डमा उनी अहिले नटिङ्हमसायरका लागि व्यावसायिक क्रिकेट खेल्छन् ।

‘म पोखरा राइनोजका लागि खेल्ने दिनको प्रतीक्षामा छु । राइनोजमा खेलाडी साथीहरुलाई भेट्न पनि उत्सुक छु । नेपालमा क्रिकेटको विकास भइरहेको छ, त्यसमा सम्मिलित हुन पाउँदा मलाई खुशी लागेको छ । नेपाल बसाइँ उत्साहजनक हुने विश्वास छ’ कोगलिनले भनेका छन् ।

पोखरा राइनोजले पनि कोगलिन जस्ता खेलाडीलाई टिममा ल्याउन पाउँदा खुशी लागेको जनाएको छ ।

उनका दाजु जोश कोगलिन पनि क्रिकेटर नै हुन् । साथै उनका काका थोमस हल्र्याण्डले पूर्व क्रिकेटर हुन् ।

कीर्तिपुर त्रिवी क्रिकेट मैदानमा यही डिसेम्बर ८ देखि २२ तारिखसम्म ईपीएल टि-ट्वान्टी क्रिकेट प्रतियोगिता हुँदैछ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *