Uncategorized

किष्ट बैंक घोटाला : तत्कालीन नायब महाप्रबन्धक घर्ती पक्राउ

७ मंसिर, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले किष्ट बैंक घोटाला प्रकरणमा पक्राउ परेका दुई अधिकारीलाई पुनः नियन्त्रणमा लिएको छ ।

बैंकका तत्कालीन नायब महाप्रबन्धक बाल नरसिंह घर्ती (बीएन घर्ती) र उच्च तहका कर्मचारी प्रगुन श्रेष्ठलाई पक्राउ गरेको हो ।

ब्यूरो स्रोतका अनुसार उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ । यद्यपि, के कसुरमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो भन्ने खुलाइएको छैन ।

सीआईबीका एक अधिकारीले भने शनिबार वा आइतबार उनीहरुको कसुरबारे सार्वजनिक गरिने जानकारी दिए । प्रकरणमा थप केही अधिकारीहरुलाई समेत शंकाको घेरामा राखेर निगरानी भइरहेको स्रोतको भनाइ छ ।

जम्को प्रकाशन प्रालिलाई कमसल धितोको अधिक मूल्यांकन गरी बैंकको कर्जा लगानी नीति विपरित अधिकतम सीमाभन्दा बढी १२ करोड रुपैयाँ कर्जा प्रदान गरिएको थियो । कर्जा रकम परियोजनामा खर्च नगरी दुरुपयोग गरी बैंकिङ कसुर गरेकोले उनीहरुलाई यसअघि ०७० साल मंसिर पहिलो साता सीआईबीले नै पक्राउ गरेको थियो ।

अघिल्लो महिना प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवालीलार्इ भारतमा पक्राउ गरेर ल्याएको थियो । ज्ञवालीसहित र उनकी श्रीमती गौरी खनाललाई  बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजायँ सुनाइएको थियो । साथै,  १२ करोड ५० लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *