Uncategorized

कमल थापा उपाधिबाट चुके

१७ असोज, पोखरा । आइटिएफ सर्किट ४ टेनिसको फाइनलमा पूर्व उपप्रधानमन्त्री कमल थापा रिटायर्ड हर्ट भएका छन् ।

५५ वर्ष माथिको उमेर समूहको फाइनलमा थापा र कृष्णराज घले भिडेका थिए । राप्रपा नेपालका अध्यक्ष समेत रहेका थापाले पहिलो सेट ६-४ ले गुमाए । दोश्रो सेट ४-० मा रहेको अवस्थामा ढाडमा समस्या आएपछि थापाले खेल त्याग्दै घलेलाई उपाधि सुम्पिएका छन् ।

पोखरा रंगशालास्थित टेनिस कोर्टमा सम्पन्न प्रतियोगितामा नेपालका खेलाडीहरु हावी भए ।

प्रतियोगिताको ३५ वर्ष माथिको एकलतर्फ कमल भण्डारीले उपाधि जितेका छन् । डिफेन्डिङ च्याम्पीयन उनले भारतका दीलिप मोहन्तीलाई हराएका हुन् । पहिलो सेट ६-४ ले गुमाएका मोहन्ती दोस्रो सेटमा रिटायर्ड हर्ट भए ।

अघिल्लो वर्ष भएको आइटिएफ सर्किट ५ को फाइनलमा पनि आमनेसामने हुँदा कमलले नै बाजी मारेका थिए ।

डबल्सतर्फ भने दीलिप मोहन्ती र अविनाश कुँवरको जोडी च्याम्पियन बन्यो । मोहन्ती कुँवरको जोडीले भारतका स्वर्णद्विप सिंह र पोखराका धरमबहादुर लामिछानेको जोडीलाई ६-१ र ६-१ को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेका हुन् ।

४५ वर्ष माथिको सिंगल्सतर्फ भारतका नारायण मूर्ति कोठियाला भेङ्कटा च्याम्पियन बनेेका छन् । उनले पोखराका अमृतबहादुर कार्कीलाई ६-४ र ६-१ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।

डबल्सतर्फ विमलकुमार गुरुङ र मनोज शमशेर जबराको जोडी च्याम्पियन बन्यो । गुरुङ र जबराको जोडीले भारतको पवन जैन र नारायण मूर्ति कोठियाला भेङ्कटाको जोडीलाई ७-५ र ७-५ को सेटमा हराए ।

५५ वर्ष माथिको डबल्सतर्फ भारतका पवन जैन र नेपालका मनोज शमशेर राणा च्याम्पीयन बने । जैन र राणाको जोडीले भारतका अरुण अग्रवाल र भारतकै मुर्थाती सुरेशको जोडीलाई ६-१ र ६-२ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।

सिंगल्सतर्फ प्रथम हुनेलाई ३० हजार, द्वितीय हुनेलाई १५ हजार र सेमी फाइनलिष्टलाई ५/५ हजारसहित ट्रफी प्रदान गरियो भने डबल्सतर्फ प्रथम हुनेले २० र द्वितीय हुनेले १० हजार पाए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *