Uncategorized

शिक्षा समितिका सांसदहरुलाई तालिम दिइने

७ मंसिर, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले समिति सदस्य र कर्मचारीको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण दिँदैछ ।

यही मंसिर १६ र १७ गते दुई दिने कार्यशाला राखिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन । बैठक सञ्चालनको विधि ब्यवस्थापन र समितिको काम कारबाहीलाई प्रभावकारी बनाउने मुख्य उदेश्यले कार्यशाला राखिएको जनाइएको छ ।

सभापति घर्तीका अनुसार सरकारी कामकारबाहीको मु्ल्याङ्कन, अनुगमन, विगतमा दिइएका निर्देशनको कार्यान्वयन र निर्देशन दिँदा ख्याल गर्नुपर्ने विषय र सन्दर्भबारे पूर्व–सभामुख सुवासचन्द्र नेम्वाङ्ले प्रशिक्षित गर्नेछन् ।

समितिको काम कारबाहीको विगत र वर्तमानको अवस्था, अन्तर्राष्ट्रिय अभ्यासलगायतका विषयमा भने राष्ट्रियसभा सदस्य तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले प्रशिक्षण दिनेछन् ।

सांसदहरुलाई विषयवस्तुबारे प्रष्ट पार्नका लागि कार्यशाला राखिएको सभापति घर्तीले जानकारी दिइन् । ‘सांसदहरु नै विषयवस्तुमा क्लियर हुनुपर्छ’, सभापति घर्तीले भनिन् ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर नहोस भन्नका निम्ति कार्यशाला गर्नुपरेको हो ।’

विगतमा भएका समितिका कामकारबाहीको अध्ययन, त्यसको मुल्याङ्कन, समितिले दिएका निर्देशनबारे सम्बन्धित मन्त्रालयले गरिरहेको व्यवहारलगायतका विषयमा पटक–पटक कुरा उठेपछि आन्तरिक रणनीति बनाउन कार्याशालाले सजिलो बनाउने सभापति घर्तीले बताइन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *