Uncategorized

वास्तु टिप्स : घरमा सुख-समृद्धि ल्याउन विहानै गरौं यी काम

वास्तु शास्त्र आफैमा एक विज्ञान हो । हुन त वास्तुको, आध्यत्मको कुरा गर्दा आधुनिक पुस्ताले यसलाई सोझै अस्विकार गर्छ । उनीहरुलाई लाग्छ, यी आडम्बर कुरा हुन् । पुरातन सोंच हुन् ।

तर, यसभित्र पनि विज्ञान हुन्छ । वास्तु शास्त्रले निर्देशित गर्ने कुरा व्यार्थ हुँदैनन् । यद्यपी उक्त निर्देशनको आशय के हो र त्यसको प्रभाव के रहन्छ भन्ने कुरा केलाउन सक्नुपर्छ । वा बुझ्न सक्नुपर्छ ।

हामीकहाँ बिहान उठ्नसाथ पूजापाठ गर्ने चलन छ । तुलसीको मठमा पानी चढाउने । शंख-घण्टी बजाउने । मन्त्रोच्चारण गर्ने । भगवानको नाम जप्ने । यी तमाम कर्मले हाम्रो मनको शुद्धिकरण गर्छ । सकारात्मक भाव पैदा गर्छ । मन शान्त, खुसी र सकारात्मक हुन्छ । यी कर्म गरिरहँदा हामी बिनयी, बिनम्र हुन्छौं । फलतः दिनभर यसको सकारात्मक भाव हामीभित्र रहिरहन्छ ।

दिनको सुरुवात

वास्तु शास्त्र अनुसार हामीले दिनको सुरुवात नै राम्रो ढंगबाट गर्नुपर्छ, तब मनमा शान्ति छाउँछ । परिवारमा सुख आउँछ ।

भनिन्छ नि, बिहानीले दिनको संकेत गर्छ । हामीले बिहानीको कर्म जुन ढंगबाट सुरु गर्छौं, त्यही अनुरुप हाम्रो दैनिकी गुज्रन्छ । यसर्थ दिनको सुरुवात सही ढंगबाट गर्नुपर्छ, जसले दिनभरका लागि हामीमा उत्साह, उमंग र उर्जा जागिरहोस् ।

भलै यसका लागि स-सना कुराले पनि भूमिका खेल्छ । जस्तो बिहान उठ्नसाथ तपाईंले बाथरुम छिर्नुभयो, प|mेस हुन नपाई ट्यांकीमा पानी सकियो । नतिजा के हुन्छ, तपाईको मुड खराब । यसको राप त्यही क्षण सेलाउदैन, बरु दिनभर नै रहन्छ ।

अतः यस्ता संभावित कामबाट बिहानको सुरुवात गर्न ठिक हुँदैन, जसले मुड खराब गराउँछ ।

मनमा अशान्ति पैदा हुने, घरमा कलह हुने, साथीभाईसँगको सम्बन्ध खराब हुने कारणमा बिहानीको सुरुवातलाई पनि मानिन्छ । वास्तुशास्त्रले भन्छ, पारिवारिक अशान्तिको कारण भनेकै गलत तरीकाले दिनको सुरुवात गर्नु हो ।

वास्तु अनुसार दिनको सुरुवात सही ढंगले गर्नर्का लागि बिहान के के गर्नु हुन्छ, के कस्ता काम गर्नु हुँदैन भन्ने जानकारी राख्न जरुरी छ । यस्ता कुरालाई ध्यानमा राखेर पनि घरमा सुख समृद्धि कायम राख्न सकिन्छ ।

उठ्नसाथ ऐना

दिनको सुरुवात राम्रो तरिकाले होस् भन्नका लागि कति व्यक्तिको चाहना हुन्छ, केही राम्रो हेरौं । यही मनोवृत्तिले गर्दा कति मानिस आˆनो सुत्ने कोठामा आकर्षक एवं उमंगमय भावको तस्विर टास्ने गर्छन् । कतिले शयन कक्षाको सामुन्नेमा ऐना राख्ने गर्छन् ।

तर, वास्तुशास्त्रले बिहान उठ्नसाथ ऐना हेर्नुलाई राम्रो मानेको छैन । जब हामी ऐनामा आफ्नो प्रतिबिम्ब देख्छौं, मनमा सकारात्मक भाव जाग्दैन ।

दोश्रो व्यक्तिको अनुहार हेर्नु

‘बिहान बिहान कसको अनुहार हेरिएछ, पुरै दिन खराब भयो’, कतिपय अवस्थामा यो वाक्य हामी पनि बोल्छौ । किनकी वास्तु शास्त्रमा भनिएको छ, बिहान उठ्ने वित्तिकै अन्य व्यक्तिको अनुहार हेरेमा उनीहरुको नकारात्मक उर्जा तपाईमा पर्छ । यसले पनि हाम्रो दैनिकी प्रभावित हुन्छ ।

लडाई झगडा गर्नु

वास्तुशास्त्र अनुसार दिनको सुरुवात सकारात्मक सोचका साथ गर्नु गर्छ । त्यसैले विहान विहान कसैसँग झगडा गर्नु, नमिठो वचन बोल्नु, खराब चिन्तन गर्नु हुँदैन ।

जनावरको नाम लिनु

वास्तु शास्त्रले के भन्छ भने खाना खानुअघि कुनै पनि पशु वा गाउँको नाम लिनु हुँदैन । वस्तुशास्त्रमा यसलाई अशुभ मानिन्छ ।

त्यसो भए वास्तु अनुसार विहान उठ्ने वित्तिकै के गर्ने ?

माता पिताको खुट्टा ढोग्ने

मातापिता भनेको जगतजननी हुन् । जगतजननी भएकै कारण उनीहरुमा दिव्य शक्ति हुन्छ । र, उक्त दिव्य शक्ति मातापिताद्धारा नै प्राप्त गर्न सकिने हुदाँ त्यसलाई हासिल गर्न पनि मातापिताको खुट्टा ढोग्नु पर्छ ।

त्यसबाहेक, मातापिता प्रति सम्मान प्रकट गर्न तथा मातापिताबाट आर्शीवाद प्राप्त गर्न पनि वास्तुशास्त्रका आधारमा  विहान उठेर सबैभन्दा पहिले माता पिताको खुट्टा ढोग्नसपर्छ । त्यस्तै, आˆनो हस्तरेखा हेरेर भगवानको स्मरण गर्नुपर्छ ।  यसले घरमा सकारात्मक माहोल पैदा गर्नुका साथै व्यक्तिमा आत्मविश्वास जगाउँछ ।

तुलसीलाई जल चढाउने

indian woman praying to the light

घरमा तुलसी रोप्नु धार्मिक दृटिले मात्र नभई आध्यात्मिक तथा वातावरणीय दृष्टिकोणले समेत लाभदायक मानिन्छ । यसले बाताबरण शुद्ध रहनुका साथै ज्ञान, विवेक, सुख, सम्पत्ति तथा स्वास्थ्यमा वृछि हुन्छ । भनिन्छ, जुन घरमा तुलसीको वास हुन्छ, उक्त घर सुखी हुनुका साथै स्वस्थ रहन्छ ।

त्यसैले पनि विहान उठ्ने वित्तिकै तुलसीलाई जल चढाउनु पर्छ । यसले घरमा सकारात्मक उर्जा प्रवाह हुनुका साथै स्वास्थ्य पनि राम्रो हुन्छ ।

घरमा तुलसीको पानी चढाउने

विहानको स्नान पश्चात्त तामाको लोटामा जल भरेर त्यसमा तुलसीको पत्ता राख्नु पर्छ । अब यसलाई घरको मुख्य द्धार तथा प्रत्येक कोठामा छर्किन पर्छ । यसो गर्नाले घरको नकारात्मक उर्जा नष्ट हुन्छ ।

दियो बाल्ने

घरमा विहान सबेरै दियो बाल्नाले सकारात्मक उर्जाको पवेश हुन्छ । साथै, यसले पैसा सम्बन्धि समस्या समेत हटेर जन्छ । यसबाहेक, घरकी महिलाले एक लोटो पानी घरको मुख्य द्धारमा राखेको खण्डमा घरमा लक्ष्मीको आगमन हुन्छ ।

घर बाहिर रंगोली बनाउने

संभव भएसम्म बिहान सबेरै घरको आगँनमा रंगोली बनाउनाले घरमा सकारात्मक उर्जा प्रवेश गर्छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *