६ मंसिर, विराटनगर । दुहबी नगरपालिका-९ का मोहम्मद फिदा हुसेनको शव उठाउन परिवार सहमत भएका छन् । बुधबार विहान रनिगाउँ नजिकै नहरको डिलमा ५४ वर्षीय हुसेनको गोली हानी हत्या भएको थियो ।
स्थानीय प्रशासनसँगको छलफलपछि आफन्त र स्थानीयले हुसेनको शव उठाउन सहमत भएका हुन् ।
गृहमन्त्रीको राजीनामा बाहेक अन्य मागहरू सम्बोधन गर्न स्थानीय प्रशासन तयार भएपछि आफन्तहरु शव उठाउन तयार भएको दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले जानकारी दिए ।
आफन्तहरुले बिहीबार विहानैदेखि हत्यामा संलग्नलार्इ कानूनी दायरामा ल्याउनु पर्ने , मृतकलार्इ शहीद घोषणा गर्नुपर्ने, राज्यले दिने राहत रकम तत्काल दिनुपर्ने, हुसेन कार्यरत विद्युत प्राधिकरणमा छोरालाई तुरन्त जागिरको व्यवस्था गर्नुपर्ने र गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए ।
हुसेनको हत्यामा संलग्न भएको अाशंकामा प्रहरीले केही व्यक्तिलार्इ नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस
हुसेन हत्याको विरोधमा सडकमै शव राखेर प्रदर्शन



