Uncategorized

केक काट्दै ‘लभ स्टेशन’को इन्डक्ल्याप, रिलिज मिति कहिले ?

नेपाली चलचित्रका लागि केक फेसन जस्तै भैसक्यो । चलचित्रको हरेक गतिविधीमा केक प्रचारको माध्यम बनेको छ । चलचित्रको छायांकन सकिएको उपलक्ष्यमा ‘लभ स्टेशन’को टिमले केक काटेर सेलिव्रेशन गरेको छ । नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्रको छायांकन सकिएपछि सम्पूर्ण टिमले केक काटेको हो ।

उज्ज्वल घिमिरे निर्देशित चलचित्रका निर्माता गोविन्द शाही हुन् । चलचित्रको सम्पूर्ण दृश्यको छायांकन सकिएको भएतापनि २ वटा गीतको छायांकन बाँँकी नै छ । एउटा गीत मनाङमा र अर्को गीत जापानमा खिच्ने योजना यसको निर्माणपक्षको छ । चलचित्रको छायांकन सकिएतापनि प्रदर्शन मिति अझै तय हुन सकेको छैन । निर्माता शाहीले फस्टलुकसहित प्रदर्शन मिति चाडै सार्वजनिक गर्ने बताए ।

प्रेमकथामा आधारित यो चलचित्रको दार्जिलिङ, कालिङपोङ, मिरिक, फिक्कल, कन्याम, इलाम, श्रीअन्तु हुँदै काठमाडौंमा छायांकन गरिएको छ । चलचित्रमा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको मुख्य भूमिका छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *