Uncategorized

अष्ट्रेलियामा धुलोयुक्त हुरीः घर बाहिर ननिस्कन चेतावनी, हवाई सेवा प्रभावित

६ मंसिर, सिड्नी । अष्ट्रेलियामा धुलोसहितको हुरीले जनजीवन प्रभावित भएको छ । राज्य सरकारले वायुमण्डल दुषित भएकाले घरबाहिर धेरै समय नबिताउन चेतावनी जारी गरेको छ ।

धूलोका कण मिसिएको वायुका कारण ओपेरा हाउस, सिड्नी हार्वर बि्रज, बोन्डी बीच, पश्चिमी सिड्नी लगायत क्षेत्रको जनजीवन बढी प्रभावित भएको छ । न्यू साउथवेल्स, डार्लिङ रिभर, ब्रोकन हिल लगायतका स्थान पनि प्रभावित भएका छन् । ति स्थानमा भिजिबिलिटी कम भएको छ ।

सिड्नीमा विमान सेवा पनि प्रभावित भएको छ । सिड्नी एयरपोर्टमा एउटा मात्र रनवे प्रयोग गरिएको छ । हवाई टिकट लिएका यात्रुहरुलाई सम्बन्धित एयरलाइन्स कम्पनीहरुमा सम्पर्क गर्न सूचना जारी गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले श्वासप्रश्वास र मुटुका रोगीहरुलाई घर बाहिर ननिस्कन चेतावनी दिएको छ । बालबालिका र युवाहरुलाई पनि स्वास्थ्यप्रति सचेत रहन भनिएको छ ।

मौसम विज्ञान विभागका भविष्यवक्ता जोर्डन नोटाराले दुषित वायुमण्डलको प्रभाव कतिसम्म भयानक हुन्छ भन्ने अनुमान गर्न नसकिने बताए ।

दक्षिण अष्ट्रेलियाबाट आएको न्युन चापीय चिसो हावाको प्रभावका कारण मौसम बिगि्रएको अधिकारीहरुले बताएका छन् । अष्ट्रेलियामा सन् २००९ मा पनि यस्तै हुरी आएको थियो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *