Uncategorized

अनलाइनखबरकर्मी खड्काथोकी ‘युवा पत्रकारिता पुरस्कार’ का लागि छनोट

५ मंसिर, काठमाडौं । अनलाइनखबरकर्मी विश्वासकुमार खड्काथोकी युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने यसवर्षको ‘युवा पत्रकारिता पुरस्कार’का लागि छनोट भएका छन् ।

पुरस्कारका लागि मन्त्रालयले बनाएको छनोट समितिले अनलाइनखबरकर्मी खड्काथोकीसहित अन्य ४ जना पत्रकारलाई चयन गरेको हो ।

युवा पत्रकारिता पुरस्कारका लागि पत्रिकातर्फ गोरखापत्रकी सविता शर्मा, रेडियोतर्फ सामूदायिक सूचना नेटवर्क (सीआईएन) का लिलप्रकाश चन्द र टेलिभिजनतर्फ जनता टेलिभिजनका रामकुमार रिजाल छनाेट भएका छन् ।

मन्त्रालयले युवा र सामाजिक विषयमा कलम चलाउने पत्रकारलाई यसै वर्षदेखि पुरस्कार प्रदान गर्न शुरु गरेको हो । पुरस्कारको राशी जनही ५० हजार रुपैयाा रहेको छ ।

अनलाइनखबरकर्मी खड्काथोकीले विगत एकदशक देखि युवा र सामाजिक विषयमा कलम चलाउादै आएका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *