Uncategorized

सामूदायिक लघुवित्तको आईपीओ भर्ने अन्तिम दिन अाज

५ मंसिर, काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) मा आवदेन दिने म्याज आज (बुधबार) सकिँदैछ । गत आइतबारदेखि खुला भएको संस्थाको आईपीओ आज सकिने भएको हो ।

संस्थाको आईपीओका लागि आज कार्यालय समयभित्र आवेदन परेका आवेदनहरु मान्य हुने बताइएको छ । आईपीओ छिटोमा मंसिर ५ र ढिलोमा पुस २ गतेसम्म खुलाउने बताइएकोमा पर्याप्त आवेदन परिसकेकाले आजै बन्द हुने भएको हो ।

संस्थाले सर्वसाधारणका लागि २ लाख ७३ हजार कित्ता साधारण सेयर जारी गर्न लागेको हो । गत वर्ष नै आईपीओ जारी गर्न लागेको यस लघुवित्त नेपाल राष्ट्र बैंकको काराबाहीमा समेत परेको संस्था हो ।

व्यापक अनियमितता भएको भन्दै नेपाल राष्ट्र बैंकले यसलाई कारवाही गरेपछि गत वर्ष नै निष्कनुपर्ने आईपीओ यो वर्ष मात्रै आएको हो ।

यस संस्थाको आईपीओका लागि बुधबार साझसम्म माग गरिएको भन्दा ४२.५९ गुणा बढी आवेदन परेको एसविआइ क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार मंगलबार साझँसम्म कूल एक अर्ब १६ करोड २६ लाख बराबरको आवेदन परेको हो । बुधबार साँझसम्म ५० गुणा बढी आवेदन पर्ने अनुमान गरिएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *