Uncategorized

चीनबाट पैसा कमाउने आमिरको योजनामा धक्का, वितरक पछि हटे

महत्वाकांक्षी फिल्म ‘ठग्स अफ हिन्दूस्तान’ फ्लप भएपछि बलिउड अभिनेता आमिर खान नराम्ररी रन्थनीएका छन् । यो फिल्मले उनलाई आर्थिक नोक्सानी मात्र भएको छैन, करिअरमै धक्का लागेको छ ।

अढाई सय करोड भारु बजेट रहेको फिल्मले करिब दुई हप्तामा १ सय ३५ करोड मात्र कमाउन सफल भयो । अधिकांस हलहरुबाट फिल्म उत्रिसकेकाले अब खासै आम्दानी बढ्ने देखिँदैन । फिल्मको मुनाफाको ६० प्रतिशत हिस्सा लिने गरी निर्मातासँग सम्झौता गरेका आमिरलाई ठूलो घाटा लागेको छ ।

यसैबीच, आमिरलाई झट्का लागि अर्को समाचार छ । चीनमा ठग्स अफ हिन्दूस्तान प्रदर्शन गर्न सम्झौता गरेको डिस्टिब्यूटर कम्पनी ब्याक भएको छ । रिलिज अगावै सो फिल्म फिल्म चीनका डिस्ट्यूब्यूटरलाई विक्री गरिएको थियो, जसमा एक सय १० करोडको न्यूनतम ग्यारेन्टी थियो । तर भारतमै फिल्म फ्लप भएको र नकारात्मक रिभ्यू आएकाले डिस्टीब्यूटरले सो ग्यारेन्टीमा फिल्म किन्न नसक्ने सन्देश यशराज फिल्म्सलाई पठाएको भारतीय मिडियाले जनाएका छन् । साथै फिल्म तोकिएको डेटमा चीनमा रिलिज नहुने भएको छ । यसैपाली डिसेम्बरमा रिलिज गर्ने भनिएकोमा अर्को वर्ष मात्र रिलिज गर्ने जानकारी डिस्टिब्यूटरले गराएको छ ।

आमिरको अघिल्लो फिल्म ‘दंगल’ले धुमधाम ब्यापार गरेको थियो । त्यसैले ठग्स अफ हिन्दूस्तानले पनि त्यही रेकर्ड दोहो¥याउने आशा उनले गरेका थिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *