Uncategorized

अन्तिम मिनेट जोगिन नसक्दा इटालीसँग अमेरिका पराजित

५ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अन्तिम मिनेट जोगिन नसक्दा इटालीसँग अमेरिका पराजित भएको छ ।

बुधबार विहान आफ्नै मैदानमा भएको खेलमा इटालीले अमेरिकालाई १-० गोलअन्तरले पराजित गर्दै आफ्नो साख जोगाएको छ । इटालीको जितमा माटेयो पोलिटानोले गोल गरे ।

निकै कमजोर मानिएको अमेरिकासँग पनि इटालीले अन्तिम मिनेटमा मात्रै गोल गर्न सफल भयो ।

पहिलो हाफमा दुवै टिमले गोल रहित बराबरी खेलेका थिए । इटालीले खेल अवधिभर पूरै बल नियन्त्रणमा राखेको थियो । तर एकपछि अर्को प्रहार गरेको इटालीले गोल गर्न भने सकेन ।

खेलको अतिरिक्त समयमा पोलिटानोले गोल गर्दै इटालीलाई जित दिलाए । यता, अमेरिका भने बराबरी खेल्ने रणनीतिबाट भने विफल हुन पुग्यो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *