Banner News

बुद्धिजीवीहरुले भने– ‘नेपालमा संसदीय व्यवस्था फेल भयो’

शिव डुम्रे/मङ्सिर ४, बुटवल । नेपाल कम्युनिष्ट पार्टीको पुर्नस्थापना दिवसका अवसरमा आयोजित ‘संसदीय व्यवस्था, लोकतन्त्र र वर्तमान सरकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालमा संसदीय व्यवस्था असफल भएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ रुपन्देहीको हलमा आयोजित सो कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले वर्तमान सरकारको गतिविधिले लोकतन्त्र संस्थागत हुन नसक्नुमात्रै नभई राज्य नै विघटन हुने हो कि भन्ने चिन्ता ब्यक्त गरेका हुन् ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी विप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीका ईन्चार्ज संगम पुनले संसदिय ब्यवस्था सबै देशहरुमा असफल सिद्द भैसकेको भन्दै यसको बिकल्पमा बैज्ञानिक समाजबाद लागू गराउन आफुहरुले शान्तिपुर्ण संघर्ष अगाडि बढाएको बताए ।

नेपालमा जतिपटक राजनीति आन्दोलन भएपनी जनताको स्थितिमा परिवर्तन हुन नसेकेको हुदा एकपटक निर्णायक आन्दोलन जरुर भएको पुनले बताए । उनले देशको रास्टिय स्वाधीनता संकट रहेको भन्दै एकपटक देशका सबै पार्टी र जनता मिलेर एउटा गन्तव्यमा पुग्न जरुर रहेको बताए ।

बर्तमान सरकारले आफ्नो पार्टिका शान्तिपुर्ण कार्यक्रमहरु पनि गर्न नदिने र दमन गर्ने फासिबादी शैली अपनाउने र आफैले बनाएको संविधानको उल्लंघन गर्ने गरेको उनको टिप्पणी थियो ।

यस्तै कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधि बाबुराम पन्थीले आफुहरुले संसदिय ब्यवस्था भित्रैबाट संघर्ष गरिरहेको भन्दै यो ब्यवस्था अन्त्यको दिन नआईसकेको र यसलाई जनमुखी बनाउन दबाब दिन आवश्यक रहेको बताए ।

नेपाली कांग्रेसका नेता खेलराज पान्डेले आफुहरु सत्तामा हारेपनी बिचारमा संसदिय ब्यवस्था आफुहरुको चलिरहेको बताए । नेकपा(नेकपा) का नेता तथा बामपंथी बुद्दिजिबी सिद्दिचरण भट्टराईले दुई तिहाई बहुमतप्राप्त सरकारले जनमुखी कामहरु गर्न नसक्नु निकै दुस्खद भएको बताए, देशमा यति धेरै राजनीति आन्दोलन र परिबर्तन हरु हुदासमेत यो संकट देखिनुले राज्य र जनताको भबिस्य झनै अन्योलमा परेको उनको भनाई थियो ।

नयाँ शक्ति नेपाल प्रदेश न ५ का प्रशिक्षण बिभाग प्रमुख तथा लेखक मनिकर कार्कीले संविधान पुर्ण नभएपनी केही न केही प्राप्त भएको र अब यसको सस्थागत र सुदृढ गर्नुपर्ने बताए । अब देशको बिकास र समृद्दिको लागि बैकल्पिक राजनीति, सहभागीतामुलक समानुपातिक प्रत्यक्ष लोकतन्त्र आवश्यक रहेको जिकिर गरे ।

माक्र्सवादी विचार मञ्च तथा वामपन्थी विश्लेषक युवराज पन्थीले लोकतन्त्रको ब्याख्या गैरमार्क्सबादी कोणबाट भैरहेको भन्दै अहिलेको लोकतन्त्रमा मान्छे स्वाधीन र स्वतन्त्र हुन नसकेकोमा उनले जोड दिए । एक फरक प्रसङ्गमा बोल्दै उनले नेपालको एउटा एतिहासिक ठाउँ बुटवलमा रहेको जितगढिमा भारतको गिद्देदृष्टी रहेको भन्दै त्यसलाई जोगाउन भारतिय पेन्सन क्याम्प तत्काल अन्यत्र सार्नुपर्ने बताए ।

बर्तमान सरकारले दमनकारी अधिनायकत्व सत्ता चलाईरहेको भन्दै सत्ताभन्दा फरक मत राख्नेहरुलाई दमन गर्नु लोकतन्त्र नभएको पनि बताए । अर्का बरिस्ठ अधिबक्ता तथा बामपंथी बिश्लषक दिल सहानिले संसदिय ब्यवस्थामा सहि कुरा लागू गर्न र न्याय पाउन समेत जनतालाई शक्ति आवश्यक पर्ने बताए ।
उनले सरकारहरु परिबर्तन भएपनी सत्ता परिबर्तन हुन नसक्दा देशमा लोकतन्त्रको अनुभुत गर्न नसकिएको भन्दै बर्तमान सरकारले आफ्नो क्षमताअनुसारको काम समेत गर्न नसक्नु नै संसदिय ब्यवस्था निरीह रहेको तथ्य प्रस्तुत गरे ।

कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष झमबहादुर गुरुङ्ग, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष घनश्याम पाठक, माक्र्सवादी विचार मञ्चका विनबहादुर कुँवर, मानवअधिकार तथा शान्ती समाज नेपालका उपाध्यक्ष गोबिन्द खनाल, नेपाल पत्रकार महासंघ रुपन्देही का अध्यक्ष यानेन्द्र जिसि, लेखक तथा नागरिक समाजका तर्फबाट गणेश कडा, नागरिक स्वाधीनताको लागि राष्ट्रिय अभियानका अध्यक्ष पदम कार्की लगायतले विचार राखेका थिए ।

नेपाल कम्युनिष्ट पार्टीका नेता जितबहादुर रसाईलिको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन नविन थारुले गरेका थिए । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टि पुर्नस्थापना दिवसको अवसर पारेर साताव्यापी कार्यक्रमहरु गर्दै आएको छ ।

आगामी मंसीर ८ गते काठमाडौंमा वृहत आमसभा आयोजना गरेको सो पार्टीले पछिल्लो समय एकीकृत जनक्रान्तिको कार्यदिशासहित वैज्ञानिक समाजवादको मुद्दा उठाईरहेको छ ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *