Uncategorized

हिमालयन बैंकको मोवाइल बैंकिङ सेवा शुरु

४ मंसिर, काठमाडौं । हिमालयन बैंक लिमिटेडले औपचारिक रुपमा मंसिर ४ गते बाट अाफ्नाे मोबाइल बैंकिङ एप (हाई-एम बि) शुरु गरेको छ । मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बैंकका वरिष्ठ महाप्रबन्धक ईजाज कादिर गिलले मोबाईल एप शुभारम्भ भएको घोषणा गरे ।

हेएर ईज योर न्यू बैंक तथा विग बैंक इन स्मल साईज स्लोगनका साथ शुभारम्भ गरिएको यो मोबाईल एपको प्रयोगबाट ग्राहकहरुले अाफ्नाे खाता बारे जानकारी लिन, चेक व्यवस्थापन गर्ने तथा आफुले उपभोग गरेको ऋणहरुको बारेमा जानकारी लिनसकिने बताइएको छ ।

यसैगरी बैंकबाट उपलब्ध हुने सेवा र सुविधाहरुको बारेमा जानकारी लिन, हाल बैंक भित्रकै अर्को खातामा रकमान्तर गर्न, विभिन्न विलहरुको भुक्तानी गर्न तथा आˆनो खाताबाट भएको प्रत्येक कारोबारको जानकारी लिन समेत यो एपबाट सकिनेछ ।

मोबाईल एप शुभारम्भ पछि बैंकका उपमहाप्रबन्धक उज्वल राजभण्डारीले बैंकले उक्त एपमा सुरक्षाका सम्पुर्ण आधुनिक प्रविधि उपलब्ध गराइएको र आगामी दिनमा अाफ्नाे ग्राहकहरुका लागी थप नविनतम प्रविधि उपलब्ध गराउदै जाने बताए ।

उनले बैंकको प्रविधि सुरक्षा व्यवस्थालाई अझ सुदृढ गर्दै बैंकलाई नेपालकै नम्बर १ आधुनिक सुचना प्रविधि युक्त बैंक बनाउँदै लगिने उल्लेख गरे ।

यस बैंकले देशभरि भएका अाफ्नाे ५६ बटा शाखा तथा १०८ वटा एटिएम मार्फत ग्राहकहरुका लागी सम्पूर्ण सेवा प्रदान गरिरहेको र चालु बर्षमा थप ६ बटा शाखा विस्तार गर्ने योजना रहेको जानकारी गराएको छ ।

बैंकले असोज मसान्तसम्म रु. १ खर्ब २ अर्ब ४५ करोड बराबरको निक्षेप संकलन गरि रु. ९४ अर्ब २४ करोड बराबरको कर्जा प्रवाह गरेको छ । बैंकले चालु आ व को उक्त अवधि सम्ममा रु. ६४ करोड ९६ लाख बराबरको खुद मुनाफा आर्जन गरेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *