Uncategorized

चालु वर्षभित्र भूकम्पपछिको पुननिर्माण सकिन्छ : सीईओ ज्ञवाली

४ मंसिर, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालू आर्थिक वर्ष भित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मंगलबार संघीय संसद विकास तथा प्रविधि समितिको बैठक कोरम नपुगेर स्थगित भएपछि उनले पत्रकारहरुसँगको कुराकानीम चालू आर्थिक वर्ष भित्र मूलभूत रुपमा सम्पन्न हुनेगरी निजी आवास पुनर्निर्माणको कामलाई तीब्रता दिइएको पनि स्पष्ट पारे ।

प्राधिकरणले हालसम्म ४३ प्रतिशत निजी आवास पुनर्निर्माणको काम सम्पन्न भएको, ३४ प्रतिशत काम सुरु गरिएको र बाँकी कामलाई पनि तीव्रता दिइएको पनि जानकारी गराए । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले एकीकृत बस्ती निर्माणको काममा भने केही ढिलाइ हुन सक्ने पनि उल्लेख गरे ।

प्राधिकरणले अब बाँकी रहेको २ वर्ष ३ महिनाभित्र सम्पदासहितको पुनर्निर्माणका सबै काम सम्पन्न गर्ने दावी पनि गरेको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणका लागि दिइएको पाँच वर्षको समयमध्ये अब २ वर्ष ३ महिना बाँकी रहेको उल्लेख गर्दै सो समयभित्र पुनर्निर्माणको सबै काम सम्पन्न गर्ने बताए ।

उनले पुरातात्विक महत्वका सम्पदाहरु धरहरा, रानी पोखरी, काष्ठमण्डप निर्माणको कामलाई तीव्रता दिइएको जानकारी गराए ।

प्राधिकरणले पुनर्निर्माणको कामलाई तीब्रता दिन स्थानीय तहलाई नै गुनासो तत्काल सम्बोधन गर्ने प्रावधानसहितको कार्यविधि पनि पारित गरेको छ । त्यसैगरी पुनर्निर्माणको लागि प्राविधिकहरुको कमी हुन नदिन त्यसको उचित व्यवस्था पनि गरिएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *