Uncategorized

टीपीएल क्रिकेटः लुम्बिनी र नुसी विजयी

४ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी तिलोत्तमा प्रिमियर लिग (टीपीएल)-२ अन्तर्गत सोमबार भएका दुई खेलमा लुम्बिनी कासाई र नुसी वारियर्स मणिग्राम विजयी भएका छन् ।

तिलोत्तमा ६ स्थित नवजीवन क्लबको मैदानमा सम्पन्न पहिलो खेलमा लुम्बिनीले रोयल च्यालेन्जर्स भैरहवालाई ५ विकेटले हरायो ।

टस हारेर ब्याटिङ गरेको रोयलले पुरै २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । जसमा सानु तामाङले सर्वाधिक ६१ रन बनाए ।

बलिङतर्फ लुम्बिनीका रुपेश कुर्मीले ६ विकेट लिए ।

१ सय ४६ रनको लक्ष्य लुम्बिनीले १८.४ ओभर खेल्दै ५ विकेटको क्षतिमा पूरा गर्‍यो । पहिलो खेलमा लुम्बिनीका रुपेश कुर्मी म्यान अफ द म्याच भए ।

यस्तै दोस्रो खेलमा नुसी वारियर्सले बुटवल डाइनामाइट्सलाई ४६ रनले हरायो । टस हारेर ब्याटिङमा उत्रेको बुटवलले पूरै २० ओभरमा ९ विकेटको क्षतिमा १०७ रन जोडेको थियो । जसमा प्रज्ज्वल थापाले सर्वाधिक ३६ रन जोडेका थिए ।

बलिङतर्फ अभिषेक गौचन र शाहब आलमले समान ४-४ विकेट लिए ।

जवाफी ब्याटिङ शुरु गरेको नुसीले १९.२ ओभर खेल्दै १० विकेटको क्षतिमा १ सय ५३ रन बनाउन सफल भयो । जसमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७० रन योगदान गरे । उनी म्यान अफ द म्याच घोषित भए ।
बलिङतर्फ कुशल भुर्तेलले ४ विकेट लिए ।

तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा संचालित प्रतियोगिताअन्तर्गत मंगलबार पनि दुई खेल हुँदैछन् । ज्ञानोदय गोल्ड्स मणिग्राम र रोयल शंकरनगर तथा मणिग्राम किङ्गस र एसआरएनएससीए मधवलियाबीच खेल हुने आयोजक संस्थाका दीपक भुर्तेलले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद तीन लाख तथा उपविजेताले नगद एक लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा ८ टिम सहभागी छन् । ११२ जना खेलाडीहरुलाई अक्सनका आधारमा टिममा छनोट गरिएको थियो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *