Uncategorized

रेसुङ्गामा भक्तजनको घुइँचो

३ मंसिर, गुल्मी । हरिबोधिनी एकादशीको अवसरमा गुल्मीको रेसुङ्गामा पूजा गर्न भक्तजनको घुइँचो लागेको छ ।

कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

जिल्लाको सदरमुकाम तम्घास अग्लो शीरमा पर्ने रेसुङ्गामा मन्दिर ब्यवस्थापन समितिले एकादशीको अवसरमा मेला आयोजना गर्नुका साथै पूजा गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको हो ।

रेसुङ्गा क्षेत्रका बिभिन्न मन्दिरहरुमा भजनकृतनसँगै नुहाउने तथा पूजागर्ने र मन्दिरहरु अवलोकन गर्नेहरु बिहादेखि पुग्ने गरेका छन् ।

नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिकस्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यताअनुसार पोखरीमा नुहाउन गुल्मीलगायत छिमेकी जिल्लाहरुबाट पनि श्रदालु भक्तजनहरु बिहानैदेखि रेसुङ्गा पोखरीमा नुहाउन पुग्ने गर्दछन् ।

धार्मिक स्थल रेसुङ्गमा पूजा गर्न गुल्मीलगायत छिमेकी जिल्लाहरुबाट श्रदालु भक्तजनहरु धार्मिक स्थलमा पुग्ने गर्दछन् ।

रेसुङ्गा स्थित पोखरीमा नुहाउँन तथा पूजा गर्न भीडभाड लाग्ने गर्दछ । धार्मिक स्थल रेसुङ्गामा रहेको भ्यूटावरबाट बिभिन्न मनमोहक दृश्य देख्न सकिन्छ । सदरमुकाम तम्घास बाट करिब ३० मिनेटको गाडिको यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ ।

केहीवर्ष पहिलेबाट तपोभूमि रेसुङ्गामा सवारीका साधन जान थालेका हुन् । रेसुङ्गामा एकादसीसँगै साउन भर एक महिने मेला साउने औँंंँषी, एकादसीका दिन बिशेष मेला लाग्नुका साथै अन्य दिनहरुमा दैनिक पूजा हुने गर्दछ ।

रेसुङ्गाको धार्मिक,ऐतिहासिक पर्यटकीय महत्व बढाउनको लागी प्रचारप्रसारमा सबैको ध्यान जान जरुरी रहेको रेसुङ्गा संरक्षण समिति गुल्मीका उपाध्यक्ष नवराज भुसाललले बताए ।

उनले रेसुङ्गा क्षेत्रको बिकासको निम्ति संरक्षण समितिले रेसुङ्गा नगरपालिका भित्रका १४ वटै वडामा प्रत्येक घरबाट दिनको १ रुपैयाँ दान गर्ने व्यवस्था अभियान सुरु गरेको बताए । अभियान रुवरुप हाल ४ सय घर परिवार सदस्य बनेको उपाध्यक्ष भुसालले बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *