Uncategorized

पाल्पामा जिप दुर्घटना, १ को मृत्यु, ७ घाइते

३ मंसिर, पाल्पा । जिल्लाको रिब्दिकोट गाउँपालिका– ३, सिरुखर्कमा आज बिहान जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

बाग्लुङको बरेङ्गबाट बुटवलतर्फ जाँदै गरेको लु २ च ५०३५ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा बाग्लुङ बरेङ्ग गाउँपालिका– ३ का अंकित परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालकसहित सात घाइतेको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *