[ad_1]
काठमाडौ,२ मंसिर । सामुदायिक लघुवित्त वित्तीय संस्थाले आजदेखि ३ लाख कित्ता सर्वसाधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। संस्थाले प्रति शेयर १०० रुपैयाँको दरमा सर्वसाधारणको लागि दुर्इ लाख ७३ हजार कित्ता आइपिओ निष्काशन गरेको हो । सर्वसाधारणले छिटोमा असोज ५ गतेसम्म र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा पुष २ गतेसम्म आवेदन दिनसक्नेछन् ।
संस्थाले जम्मा निष्काशनको ४ प्रतिशत अर्थात १२ हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात १५ हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरेको छ।
प्राथमिक शेयर निष्काशनसँगै संस्थाको चुक्ता पूँजी संस्थापकतर्फको ७० प्रतिशत अर्थात ७ करोड रुपैयाँ र सर्वसाधारण तर्फको ३० प्रतिशत अर्थात तीन करोड रुपैयाँ पुग्नेछ।
आइपिओमा आवेदन दिनका लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा प्रणालीको अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट पाइने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआर्इ मर्चेण्ट बैंकिङ जनाएको छ।
[ad_2]
Source link


