Uncategorized

महानगरीय प्रहरी दिवसः डीएसपी धमला र आचार्य उत्कृष्ट प्रहरी घोषित

२ मंसिर, काठमाडौं । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले १३ औं महानगरीय प्रहरी दिवसको अवसरमा ७ प्रहरी अधिकारीलाई सम्मान गरेको छ ।

उत्कृष्ट कार्य सम्पादन गर्ने दुई प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित ७ अधिकारीलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा उत्कृष्ट प्रहरी परिचालनतर्फ काठमाडौं प्रहरी परिसरका सादा पोशाकका डीएसपी राजेन्द्र धमला र व्यवस्थापनतर्फ महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी काजीकुमार आचार्य छन् ।






यो पनि पढ्नुहोस
अब प्रहरीलाई एसएमएसबाटै अपराधको सूचना दिन सकिने

त्यस्तै, विधागततर्फ अपराध अनुसन्धानमा भक्तपुर प्रहरी परिसरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्ण श्रेष्ठ, ट्राफिक व्यवस्थापनतर्फ कालिमाटीका प्रहरी निरीक्षक प्रदिपसिंह राठौर, सामुदायिक प्रहरी सेवातर्फ प्रहरी सहायक निरीक्षक रत्नबहादुर थापा, महिला तथा बालबालिकातर्फ प्रहरी जवान गोमा थापा र प्रशिक्षणतर्फ जवान कमल कुँवर छन् ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि निमित्त प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्कीले सम्मान-पत्र प्रदान गरेका थिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *