२ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा आइतबार बुटवल डाइनामाईट्स र लुम्बिनी कासाई विजयी भएका छन् ।
एनएससीए टाईगर्सविरुद्ध बुटवल डाईनामाईट ५ विकेटले विजयी भएको छ भने लुम्बिनी कासाई ग्लाडियटर्स ज्ञानोदय गोल्ड्स बुटवलमाथि ५ विकेटले विजयी भएको छ ।
ज्ञानोदय गोल्ड्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २२ रन बनाएको थियो । लुम्बिनी कासाईका ब्याट्सम्यानहरुले १७.२ ओभरमा ५ विकेटको नोक्सानीमा जित निकालेका थिए ।
दोस्रो खेलमा एनएससीए टाइगर्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा एक सय ४१ रन जोडेको थियो । बुटवलले १८.५ ओभरमा ५ विकेटको क्षतिमा जित निकालेको थियो ।



