Banner News

एमएनओ युएईद्वारा वोनम्यारो पिडितलाई सहयोग

मंसिर १/युएई । एमएनओ युएईदले वोनम्यारो पिडितलाई सहयोग हस्तान्तरण गरेको छ । शुक्रवारको दिन युएईको वर दुबईमा बसेको एमएनओ युएईको बैठकमा उक्त सहयोग हस्तान्तरण गरिएको हो । चार बर्ष देखि युएईमा काम गर्दै आएका गुरुङ बोनम्यारोले च्यापेपछि केहि समय अगाडी नेपाल फर्किसकेका थिए ।

कास्की जिल्ला पोखरा घर भएका सुनिता गुरुङको उपचारमा आर्थिक अभाव भएको थाहा पाएपछि एमएनओ युएईले तत्कालै बैठकमा उपस्थिति भएका एमएनओ सदस्यहरुवाट रकम संकलन गरेर विरामीको आफन्त भावी कुमारीलाई सहयोग हस्तान्तरण गरेका थिए । पहिलै जानकारी नभएकाले आफ्ना सदस्यहरुवाट उठाएर ५८६० रुपैयाँ मात्रै सहयोग गर्न सकेको एमएनओ युएईका अध्यक्ष अमर धिमालले पोष्टपाटीलाई जानकारी दिए ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *