Uncategorized

पारा ओलम्पियनलाई आजीवन भत्ता

१ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तीन पारा ओलम्पियन खेलाडीलाई आजीवन मासिक भत्ता प्रदान गर्ने भएको छ ।

राखेपका सदस्य–सचिव केशवकुमार विष्टले शनिबार भएको एक कार्यक्रममा पारा ओलम्पियन विक्रमबहादुर राना, लक्ष्मी कुँवर र मैया विशंखेलाई मासिक रु तीन हजारका दरले साउनदेखि कात्तिक महिनासम्मको जनही २ हजार प्रदान गरे ।

एथलेटिक्सका विक्रमले लन्डन र ब्राजिल पारा ओलम्पिक, पौडीकी लक्ष्मी कुँवरले ब्राजिल पारा ओलम्पिक तथा एथलेटिक्सकी मैयाले लन्डन पारा ओलम्पिकमा सहभागिता जनाएका थिए ।

गत असोजमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा बसेको राखेपको ११० औँ बोर्ड बैठकले पारा ओलम्पिकमा सहभागी खेलाडीलाई पनि गृष्मकालीन ओलम्पिकमा सहभागी खेलाडीसरह आजीवन मासिक भत्ता प्रदान गर्ने निर्णय गरेको थियो ।

सन् १९६४ एता गृष्माकालीन खेलकुदमा सहभागी ५९ खेलाडीलाई राखेपले मासिक तीन हजारका दरले साउनदेखि भत्ता उपलब्ध गराउन थालेको राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्रकुमार राईले जानकारी दिए ।

सदस्य सचिव विष्टले केही प्राविधिक कारणले पारा ओलम्पियन खेलाडीलाई भत्ता दिन ढिलाइ भएको बताउँदै आगामी दिनमा रकम वृद्धि गर्दै लैजाने प्रतिबद्धता जनाए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *