Banner News

दाङमा फेरी अर्का युवक मृत अवस्थामा भेटिए

कात्तिक ३०, दाङ । दाङमा फेरी अर्का युवक मृत अवस्थामा भेटिएका छन् ।

प्युठान जिल्ला नौबहिनी गाउँपालिका वडा नम्वर ९ घर भई हाल तुलसीपुर ६ दक्षिणराजापुरमा बस्दै आएका अन्दाजी ३७ बर्षिय गोविन्द वुढा शुक्रवार विहान तुलसीपुरमा मृत अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

ढुण्डीराज भुसालको घरमा विगत दुई महिना देखी डेरा गरी बस्दै आएका बुढा घरदेखी पश्चिम अन्दाजी २६ मिटर दुरीमा मृत फेला परेको प्रहरीले बताएको छ ।

घटनाको प्रकृति हेर्दा जिङ्गट रुखको फेदमा बाधिएको प्लाष्टिक डोरी मृतक बुढाको घाँटीमा पनि बाँधिएको छ । प्रहरीका अनुसार मृतक बुढाको शरीर जमिनमा रहेको थियो ।

उनको परिवारले प्रहरीलाई दिएको जानकारी अनुसार गएराती घरमै सुतेका बुढा कतिबेला घर बाहिर निस्किएको भन्ने कुरा थाहा छैन । विहान पख खोजीकार्य गर्दा मृतकका परिवारले घर नजिकै रुख र बाँसको झारीमा मृत अवस्था देखेपछि प्रहरीलाई खवर गरेको बताइएको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागी राप्ती अन्चल अस्पताल तुलसीपुरमा राखीएको छ । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

यस्तै गएको विहिवार तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ निवासी अन्दाजी ३० बर्षीय रामवहादुर गौतम वडा नम्वर ६ गोलौरा स्थित एक सामुदायिक वनमा मृत फेला परेका थिए ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *