Uncategorized

निर्वाचनको मिति कानूनमै तोकिदिए उपयुक्त हुन्छः प्रमुख आयुक्त यादव

३० कात्तिक, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले कानूनमै निर्वाचनको मिति तोक्दा उपयुक्त हुने धारणा व्यक्त गरेका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचन आयोगलाई मिति तोक्ने अधिकार नदिने हो भने कानूनमै मिति तोक्नु उपयुक्त हुने धारणा व्यक्त गरेका हुन् । आयोगले यसअघि नै मिति तोक्ने अधिकारी पाउनुपर्ने बताउँदै आएको थियो ।

यस्तै, प्रमुख आयुक्त यादवले कानून सुधार गर्न सरकारसँग आग्रह गरेका छन् । संवैधानिक व्यवस्था अनुसार निर्वाचन कानून सुधार गर्न उनले सरकारसँग आग्रह गरेका हुन् ।

निर्वाचन आयोगले निर्वाचनको तयारीका लागि पर्याप्त समय हुने गरी कानुनी व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले मतदाता शिक्षालाई प्रभावकारी रुपमा संचालन गर्न पनि निर्वाचनको तयारीका लागि पर्याप्त समयको आवश्यक्ता पर्नजाने स्पष्ट पारे ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *