Uncategorized

ट्रान्सफर्मर पड्किएर ठूलोभर्‍याङमा आगलागी, एक घरमा क्षति

२९ कात्तिक, काठमाडौं । विद्युत्त ट्रान्सफर्मर पड्किएर काठमाडौंको ठूलोभर्‍याङमा बिहीबार बिहान आगलागी भएको छ ।

ट्रान्सफर्मर पड्किएपछि निस्किएको आगोको मुस्लोले नजिकैको राजेन्द्रमान शाक्यको घरमा समेत क्षति पुगेको छ ।

तर, स्थानीय र प्रहरीको सक्रियतामा समयमै आगो नियन्त्रणमा आएकाले ठूलो क्षति हुन नपाएको स्वयम्भू प्रहरीका डीएसपी सुधीरराज शाहीले जानकारी दिए ।

शाहीका अनुसार, बिहान ७ बजे लागेको आगलागीबाट शाक्यको घरको एउटा कोठामा सामान्य क्षति पुगेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *