Uncategorized

तिलकरत्ने दिलशान राजपाक्षेको पार्टीमा

२९ कात्तिक, काठमाडौं । श्रीलंका क्रिकेट टिमका पूर्वकप्तान एवम् स्टार क्रिकेटर तिलकत्ने दिलशान राजनीतिमा लागेका छन् ।

उनी बुधबार पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेको पार्टी श्रीलंका पोदुजना पेरामुना (एसएलपीपीमा) आवद्ध भएका छन् ।

बुधबार बिहान दिलशान एसएलपीपीको केन्द्रीय कार्यालयमा पुगेर पार्टीको सदस्यता लिएका थिए । एसएलपीपीले आफ्नो ट्वीटर एकाउन्टमार्फत् तिलकरत्ने दिलशानले पार्टी सदस्यता लिएको जानकारी दिएको छ ।

आगामी संसदीय निर्वाचनमा दिलशान पनि उम्मेदवार बन्ने चर्चा छ ।

https://platform.twitter.com/widgets.js

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *