Uncategorized

५ अर्बको रिभर्स रिपो आज, बैंकमा पर्याप्त तरलता छ ?

२९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबार ५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दैछ । ७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो ।

बैंकहरुमा तरलता अभाव भइरहेको चर्चा चलिरहेकै बेलामा रिभर्स रिपो जारी गर्न लागिएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढी भएको अवस्थामा केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्दछ । राष्ट्र बैंकले बजारमा तरलता अपुग भएको बेला रिपो जारी गरेर तरलता प्रवाह गर्ने गर्दछ ।

रिपो जारी गर्दा बैंकहरुले आफूसँग भएको सरकारी ऋणपत्र धितो राखेर केन्द्रीय बैंकबाट कर्जा लिन पाउँछन् । त्यस्तै रिभर्स रिपो भनेको त्यसको उल्टो आफूले राष्ट्र बैंकलाई ऋण दिन्छन् ।

यतिबेला धेरैजसो बैंकहरुको निक्षेप तथा कर्जा बीचको अनुपात (सीसीडी रेसियो) ८० प्रतिशत नजिक पुगेको छ । यस्तो अवस्थामा पनि राष्ट्र बैंकले किन रिभर्स रिपो जारी गर्दै छ त ? राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल भन्छन्, ‘यो हावादारीमा गर्न लागिएको होइन, फ्रेमवर्कले नै देखाएको छ ।’

राष्ट्र बैंकका प्रवक्ता पौडेलले तरलता देखिएकै कारण रिभर्स रिपो जारी गर्न लागिएको समेत जानकारी दिए । उनी भन्छन्, ‘यो फ्रेमवर्कमा आधारित हुन्छ र दैनिक मनिटरी हुन्छ ।  यो नियमित प्रक्रिया हो । राष्ट्र बैंकको फ्रेमवर्कले नै बजारमा तरलता कति छ भनेर देखाउँछ सोहीअनुसार रिपो जारी गरिन्छ ।’

उता सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकहरु लगानी गर्न नपाएर यतिबेला छट्पटिरहेको बताए । सीसीडी रेसियोका कारण बैंकहरुले प्राइभेट क्षेत्रमा मात्रै कर्जा लगानी गर्न नपाएको भन्दै उनले कुनै पनि क्षेत्रमा लगानी गर्ने रकम बैंकमा छैन भन्न नमिल्ने बताए ।

‘यसका लागि तरलता अभाव छैन, मानौं १ सय रुपैयाँ डिपोजिट छ भने ८० रुपैयाँभन्दा बढी लगानी गर्न पाउदैनौं । २० रुपैयाँ त  कतै लगानी गर्नु पर्यो नि । बाँकी रहेको त्यो रकम र क्यापिटलको फण्डहरु गर्दा सीसीडी रेसियो ७९ प्रतिशतमा बस्दा पनि २४ प्रतिशत रकम बाँकी हुन्छ ।’

बैंकर दाहालले भने, ‘योखाले फण्डको लगानीका लागि सरकारको ट्रेजरी बिलहरु आउनु पर्यो, गभरमेन्ट बण्डहरु आउनु पर्यो ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *