Uncategorized

विराटनगर भन्सारमा तीन महिनामै १० अर्ब राजश्व संकलन

२७ कात्तिक, विराटनगर । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष ०७५/७६ को चालू तीन महिनामा कूल १० अर्ब पाँच करोड २८ लाख ३४ हजार राजश्व सङ्कलन गरेको छ ।

सो अवधिमा कार्यालयले रु नौ अर्ब ३५ करोड ७० लाख २२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु ६९ करोड ५८ लाख १२ हजार राजश्व सङ्कलन भएको भन्सार प्रमुख निमांस अधिकारीले जानकारी दिए ।

सङ्कलित राजश्वमा भन्सार महशुल रु चार अर्ब १३ करोड ५८ लाख ५० हजार, मूल्य अभिवृद्धि कर रु पाँच अर्ब २२ करोड ३८ लाख ३९ हजार र अन्तःशुल्क रु ६९ करोड ३१ लाख ४५ हजार छन् ।

चालू आवको साउन, भदौ र असोज महीनामा भन्सार महशुल चार अर्ब दुई करोड ७६ लाख ९७ हजार, मूल्य अभिवृद्धि कर तीन अर्ब ९६ करोड सात लाख ५८ हजार र अन्तःशुल्क रु एक अर्ब ३६ करोड ८५ लाख ६७ हजार सङ्कलन गर्ने लक्ष्य रहेकामा भन्सार महशुल चार अर्ब १३ करोड ६८ लाख ५० हजार, मूल्य अभिवृद्धि कर पाँच अर्ब २२ करोड ३८ लाख ३९ हजार र अन्तःशुल्क रु ६९ करोड ३१ लाख ४५ हजार राजश्व सङ्कलन भएको भन्सार प्रमुख अधिकारीले जानकारी दिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *