Uncategorized

गोरखामा एम्बुलेन्सका लागि कडा नियम, भाडामा लगाउन नपाइने

२६ कात्तिक, गोरखा । जिल्ला एम्बुलेन्स सञ्चालन समितिले एम्बुलेन्स सञ्चालनमा कडाइ गरेको छ । एम्बुलेन्स सेवामा लापरवाही हुन थालेपछि सोमबार समितिको बैठक बसेर विभिन्न नियम बनाइएको हो ।

बैठकले अनुमति लिने संस्थाले नै एम्वुलेन्स सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ । ‘कतिपय संस्थाले अनुमति लिने अनि अरुलाई भाडामा लगाउने गरेको पाइएको छ,’ प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले भने, ‘त्यस्ता संस्थाहरुलाई आफैले एम्बुलेन्स सञ्चालन गर्न भनेर १५ दिनको समय दिएका छौं, नभए कारवाही गर्छाै ।’

सञ्चालन अनुमति लिएको स्थानमा रहेर सेवा प्रदान गर्न पनि समितिले निर्देशन दिएको छ । ‘समितिबाट सिफारिस भई खरिद भएका सम्पूर्ण एम्बुलेन्सले सेवा सञ्चालन गर्दा जुन स्थानका लागि अनुमति लिएका सोही स्थानमा रहेर सेवा सञ्चालन गर्नुपर्नेमा अन्य स्थानमा रहेर सेवा सञ्चालन गरेको पाइएको छ, उनीहरुलाई अनुमति लिएकै स्थानबाट सेवा सञ्चालन गर्न १५ दिनको समय दिएका छौं,’ उनले भने ।

भीमसेन स्मृति प्रतिष्ठान छोप्राक, बुंकोट स्वास्थ्यचौकी र काजिमान स्मृति प्रतिष्ठान फुजेलले अनुमति पाएको स्थान भन्दा अन्यत्र रहेर एम्वलेन्स सञ्चालन गर्दै आएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।
समितिको बैठकले जिल्ला भित्र संचालनमा आएका सम्पूर्ण एम्वुलेन्स सञ्चालकहरुको समिति गठन गरी परिचालनका बारेमा आधिकारिक सम्पर्क स्थान र व्यक्ति तोक्नुपर्ने निर्णय गरेको छ ।

उक्त कामका लागि १५ दिनको समय दिइएको छ । बैठकले एम्बुलेन्स खरिद एवं राजश्व छुटका लागि सिफारिस गर्दा अन्य गैरसरकारी संस्थाको हकमा कम्तीमा दुई बर्षदेखि सो क्षेत्रमा क्रियाशील रहेको संस्था हुनुपर्ने मापदण्ड बनाउने निर्णय गरेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *