Uncategorized

प्रचण्ड र बादल तातोपानीमा चुर्लुम्म !

२६ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार म्याग्दीको तातोपानी पुगेका छन् । पत्नी सीता दाहालको उपचारको क्रममा चिकित्सकको सल्लाहअनुसार उनी परिवारसहित तातोपानी नुहाउन म्याग्दी पुगेका हुन् ।

अध्यक्ष प्रचण्डसँगै पत्नी सीतासहित, छोरी गंगा दाहाल, स्वकीय सचिव जोखबहादुर महरा पनि तातोपानी पुगेका छन् ।

त्यस्तै प्रचण्डसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उनकी पत्नी नैनकला थापा पनि तातोपानी गएका छन् । प्रचण्ड र बादलले सँगै तातोपानी कुण्डमा नुहाएको फोटो प्रचण्डको सचिवालयले सार्वजनिक गरेको छ ।

बेनी नगरपालिका-४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, वाथ लगायत रोगका विरामीलाई फाइदा पुग्ने भएकाले मानिसहरु तातोपानीमा नुहाउन आउने गरेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *