Uncategorized

म्यानचेष्टर डर्बी जित्दै सिटी शीर्ष स्थानमा फर्कियो

काठमाडौं । म्यानचेष्टर डर्बी जित्दै सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा सिटीले युनाइटेडलाई ३–१ ले हराएको हो ।

इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले १२ औं मिनेटमा डेभिड सिल्भाको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको सुरुमा नै सर्जिओ एग्युरोले अग्रता दोब्बर पारे ।

खेलको ५८ औं मिनेटमा युनाइटेडले पेनाल्टीमा पायो, जसमा मार्टिलले गोल गरे । युनाइटेडले खेलमा फर्कने प्रयास गरिरहेको बेला ८६ औं मिनेटमा गुन्डोगनले गोल गर्दै सिटीको जित सुनिश्चित गरे ।

जितसँगै १२ खेलबाट ३२ अंक जोडेको म्यानचेष्टर सिटी अंक तालिकाको शीर्ष स्थानमा फर्किएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ३० अंक छ भने युनाइटेड २० अंकसहित आठौं स्थानमा छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *