Uncategorized

राजापाक्षेले छाडे सिरिसेनाको पार्टी, श्रीलंका पिपुल्स पार्टीमा आवद्ध

२५ कात्तिक, काठमाडौं । श्रीलंकामा हालै मात्र विवादास्पद रुपमा प्रधानमन्त्री बनेका महिन्दा राजापाक्षेले श्रीलंका फ्रिडम पार्टीसँग ५ दशक लामो सम्बन्ध तोडेका छन् र नवगठित श्रीलंका पिपुल्स पार्टीमा आवद्ध भएका छन् ।

श्रीलंकामा राष्ट्रपति मैत्रिपाल सिरिसेनाले संसद भंग गरेका छन् र ५ जनवरीमा आम चुनावको घोषणा गरेका छन् । यसअघि उनले पूर्वराष्ट्रपति समेत रहेका राजापाक्षेलाई नाटकीय रुपमा प्रधानमन्त्री बनाएका थिए ।

१९५१ मा स्थापना भएको श्रीलंका फ्रिडम पार्टीको संस्थापकमध्ये एक राजापाक्षेका पिथन डोन अलिविन पनि हुन् । राजापाक्षेले २००५ देखि एक दशकसँग श्रीलंकाको शासन सत्ता सम्हाले । २०१५ को आम चुनावमा भने आफ्नै उपराष्ट्रपति समेत रहेका सिरिसेनासँग अप्रत्यासित हार व्यहोरे । सिरिसेना श्रीलंका फ्रिडम पार्टीको अध्यक्ष पनि हुन् ।

सिरिसेना सरकार र पार्टीको नेतृत्वमा आएपछि राजापाक्षेलाई फेरि राजनीतिमा ल्याउने उद्देश्यले उनका समर्थकहरुले गत वर्ष श्रीलंका पिपुल्स पार्टी खोलेका थिए ।

यो पार्टीले फेब्रुअरीमा भएको स्थानीय चुनावमा ३४० सिटको दुई तिहाई जितेको थियो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *