Uncategorized

२० बर्षपछि अनमोलको दाई र दिदीसँग भाइटिका(फोटो फिचरसहित)

नेपाली चलचित्रका सुपरस्टार नायक अनमोल केसीले भाइटिकामा दिदी र बहिनीको हातबाट टिका लगाएका छन् । भाइटिकाको अवसरमा उनले दिदी काजोल र २ बहिनीको हातबाट टिका लगाए । यसपटक केसी परिवारमा सबैजना एकसाथ भएका थिए ।

अनमोलका दाजु बिबेक पनि आजै भाइटिकाका लागि नेपाल आएका थिए । अनमोलका अनुसार, उनले बिबेकको साथमा २० बर्षपछि भाइटिका लगाएका हुन् । २० बर्ष अगाडि विवेक र अनमोलले एकसाथ टिका लगाएका थिए । विवेक र काजोल अमेरिकामा बस्दै आएका छन् ।

अनमोलले सबैजना एकसाथ भएर टिका लगाउन पाउादा निकै खुशी लागेको बताए । दिदी र बहिनीको हातबाट टिका थापेका अनमोलले आफूले घाटा नपर्ने गरि दक्षिणा दिएको सुनाए । यस्तै, नायक भूवन केसीले पनि आफ्नी बहिनीसँग टिका लगाएका छन् । आफ्ना भाइहरुको साथमा बहिनीको हातबाट टिका लगाउन पाउादा निकै खुशी भएको भूवनले सुनाए ।

केसी परिवारले लामो समयपछि सबैजनाको उपस्थितीमा टिका लगाएको थियो । अमेरिकाबाट आएका दाई, दिदी र बहिनीलाई घुमाउन अनमोलले सोमबारदेखि करिब एक हप्ताको मुस्ताङ ट्रिपको योजना समेत बनाइसकेका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *