Uncategorized

ऊर्जासंकट सकिएको सन्देश दिन प्राधिकरण मुख्यालयमा ‘डिजिटल’ झिलिमिली

१२ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो मुख्य कार्यालयलाई डिजिटल लाइटबाट झिलिमिली बनाएको छ । देश अब ऊर्जा सकंटको जोखिमबाट मुक्त भएको संकेत दिन यस्तो लाइट मुख्यालयमै सजाइएको हो ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले नागरिकलाई ढुक्क्सँग यस्ता बत्ती बाल्न प्रोत्साहित गर्दै प्राधिकरणको मुख्य कार्यालयमै डिजिटल लाइट लगाइएको बताए ।

‘यो प्रतिकात्मक रुपमा हामी पावर ‘डेफिसिट’बाट ‘सरप्लस’मा जाँदैछौं र र हामी ऊर्जा संकटको युगबाट सहज आपूर्तिको युगमा पुग्दैछौं भन्ने सन्देश दिन राखिएको हो,’ उनले भने,’हामी तिहारमा पनि बिवजुलीको माग पूर्ति गर्न आत्मवश्वासी छौं भन्ने सन्देश यसले दिन्छ ।’

प्राधिकरणलेयो वर्ष हितारमा समयमा ठूला उपकरण पनि नचलाउन भनेर सूचना निकालेको छैन । माग भएजत्ति विजुली दिन सकिने आत्मविश्वासका साथ प्राधिकरणले तयारी गरेको छ ।

‘डिजिटल लाइटमा शुभकामना सन्देशहरु पनि राखिएको छ,’ अधिकारीले भने,’यस्तो लाइट प्राधिकरणमै यस्तो बत्ति बलेको देखेपछि आम जनमानसमा यसले सकारात्मक ऊर्जा दिन्छ भन्ने हाम्रो विश्वास छ ।

माथिललो तामाकोसी आगामी कात्तिकमा आउँदैछ । त्यसलगत्तै वर्षयममा प्राधिकरणलाई विजुली भारतमा इनर्जी बैंकिङ गर्नुपर्छ । वर्षायामाम बैंकिङ गरिने विजुली प्राधिकरणले हिउँदमा भारतबाट ल्याउने योजना बनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *