Banner News

रोल्पाका योजनामा चरम लापरबाही: लेनदेनका कारण जनप्रतिनिधि मौन

कार्तिक २०, रोल्पा । निर्माण ब्यबसायी र सरोकारवाला कार्यालयको चरम लापरबाहिका कारण रोल्पाका धेरै योजनाहरु लामो समयदेखि अलपत्र रहेका छन्। अहिले पनि सहरी विकास तथा भवन डिभिजन कार्यालय रोल्पाको जिम्मामा रहेका निमार्णाधिन आधा दर्जन भबनको निर्माण पुरा हुन सकेको छैन।

भवन डिभिजन कार्यालयका अनुसार २०७३ साल भाद्र १५ गते निर्माण सम्पन्न गर्न २०७१ साल जेठ २३ गते संझौता गरेको माडि गाउँपालिका स्थीत घर्तिगाउँ स्वास्थ्य चौकि भवन अहिले पनि अलपत्र रहेको छ। ‘लोकवीर एन्ड बेटाली कन्सर्टक्सन कम्पनी प्रालि’ शान्तीनगर काठमाडौंले जिम्मा लिएको यो योजना आधामै छाडेर निर्माण ब्यबसायी गुमनाम छन्।

२ करोड ३० लाख १८ हजार ९ सय २ रुपैयाँमा समय भित्र निर्माण सकाउने भनि जिम्मा लिएको कन्सर्टक्सन कम्पनीले काम बन्द गरेको लामो समयसम्म पनि कार्यालयले म्याद थप्ने बाहेक अन्य कुनै चेतावनि समेत दिएको छैन। ‘स्थानीय ठेकेदारले काम गरेनन् । अहिले मुख्य ठेकेदारलाई भनेका छौ। गर्छु भन्नु भएको छ’ डिभिजन ईन्जीनियर ईश्वरराज जोशीले भने, ‘उहाँहरुसंग सम्पर्कमा छौ । अब निर्माण सुरु हुन्छ होला। मंसिर सम्म म्याद थप गरिएको छ । त्योबेला सम्म तयार नभएमा ठेकेदारले जरिमाना तिर्नु पर्ने हुन्छ।’

सरकारी कार्यालय भन्दा निर्माण ब्यबसायी पहुँचवाला भएका कारण कार्यालयले म्याद थप बाहेक अरु केहि गर्न नसक्ने गरेको एक प्राबिधिक बताउँछन। उता स्थानीय सरकारले पनि योजना अलपत्र भएको बिषयमा खासै चासो दिएको छैन।

‘गाउँपालिकालाई आफ्नो योजना कसरी सकाउने, डोजर प्रयोग गरेर कसरी आर्थिक लाभ लिने भन्ने ध्यान छ। सरोकारवाला कार्यालय संगको समन्वय, पत्राचार, ठेकेदारलाई ताकेता केहि गरेको छैन। जनप्रतिनिधि आफै योजना सम्पादन, लेनदेनमा बिबादित हुन्छन अनि अरुको योजना लापरवाहीमा बोल्ने हिम्मत राख्दैनन्।’ गाउँपालिकाका एक कर्मचारीले गुनासो सुनाए।

दिनेश सुवेदी/नागरिक न्युजबाट  

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *